‘लाइफ इन एलए’ को ट्रेलरमा प्रेममा उतार–चढावका दृश्य
बिहीबार, १५ वैशाख २०७९, १८ : २९
फिल्म ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन ट्रेलर सार्वजनिक गरेको जनाएको छ ।
२ मिनेट ५५ सेकेडको ट्रेलरमा फिल्मका मुख्य कलाकार आकेशा विष्ट, शिल्पा मास्केको प्रेमका उतार–चढाव देखाइएको छ ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लगायतको अभिनय छ ।
सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म ब्यास बिस्सुले निर्माण गरेका हुन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण