हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु
बिहीबार, १५ वैशाख २०७९, २० : ००
हुम्ला सदरमुकामको सिमीकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको हुम्ला प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका– ६ घर भई हाल सिमीकोटमा रहेका अन्दाजी ४५ वर्षिय जस बहादुर रोकाया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाका अनुसार सदरमुकामको माथिल्लो बजारमा आफ्नै साथीको कोठाका उनको मृत्यु भएको हो । साथीको कोठामा झ्याल ढोका बन्द गरेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो,’ओझाले भने ,‘ अहिलेसम्म मृत्युको कारण खुल्न सकिरहेको छैन ।’ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण