सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

पश्चिम रुकुमको मुसिकोटमा तीन दलबीच भागबण्डा

शुक्रबार, १६ वैशाख २०७९, १३ : ३८
शुक्रबार, १६ वैशाख २०७९

पश्चिम रुकुमको मुसिकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ । मुसिकोटको मेयरमा माओवादीबाट वसन्त शर्मा र उपमेयरमा एकीकृत समाजवादीबाट विमलकुमार पुन उठ्ने भएका छन् । 

त्यस्तै एकीकृत समाजवादीलाई १४ नम्बर वडा अध्यक्ष दिएर अरु सबै वडा अध्यक्ष माओवादीले लिएको छ । जसपालाई एकजना कार्य समिति सदस्य दिएको छ । यसअघिको निर्वाचनमा नगरको मेयर र उपमेयर दुवै माओवादीले जितेको  थियो । गठबन्धन भएपछि तीन दलबीच भागबण्डा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप