सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

सल्यानको बनगाडका २२ जनाले लिए उम्मेदवारी फिर्ता

शुक्रबार, १६ वैशाख २०७९, १९ : ३६
शुक्रबार, १६ वैशाख २०७९

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा २२ जनाले उम्मेदवार फिर्ता लिएका छन् । उम्मेदवार फिर्ता लिनेमा नेपाली काँग्रेसबाट प्रमुखमा सुन्दरा शाही, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका जीवन विसी, नेकपा एमालेकी उपप्रमुखमा चम्फा पुरी, वडा अध्यक्षमा समाजवादीका  हस्तबहादुर पुन, एमालेबाट तुलसि पुन, भिम ओली, राप्रपाबाट वडा अध्यक्ष गोप्लो खड्का र अन्य सदस्यहरुसहित २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

गठबन्धन दलले वडा  १,६ र १२ मा समाजवादीलाई, उपप्रमुख काँग्रेस र माओवादीलाई प्रमुखमा सघाउने निर्णय भएको छ। तर काँग्रेसका स्वतन्त्र उम्मेदवार दिपेन्द्र विष्टले भने आफ्नो उम्मेदवारी कायम राखेका छन् । गठबन्धन दलहरुबीच भएको सहमतिलाई कार्यान्वयन गर्नका लागि उम्मेदवारी फिर्ता लिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप