एमालेका प्रदेश अध्यक्षको निर्देशनमा उपमेयरको उम्मेदवारी खोसियो
शनिबार, १७ वैशाख २०७९, १८ : ०६
नेकपा एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहको निर्देशनपछि सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयर पदमा उम्मेदवारी दिएकी चम्फा पुरीको उम्मेदवारी खोसिएको छ । पुरीलाई कुनै जानकारी नै नदिई शुक्रबार उनको उम्मेदवारी खोसिएको हो ।
उनले शाहको निर्देशनको निन्दा समेत गरेकी छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘१२ गते मेरो उम्मेदवारी दर्ता भई, छानबिन समेतको प्रक्रिया भइसकेका सन्दर्भमा मेरो सहमतिबिनै विनोद शाहको निर्देशनमा अलोकतान्त्रिक स्वेच्छाचारी र अराजनीतिक तरिकाले मेरो उम्मेदवारी मेयर पदका उम्मेदवार गोविन्दकुमार पुनद्वारा फिर्ता लिइएको छ ।’
उनले उक्त कदमप्रति आफ्नो गम्भीर असहमति रहेको जनाएकी छन् । यतिमात्र होइन पुरीले सहमति बेगर उम्मेदवारी फिर्ता गर्नेलाई कारबाही गर्न माग समेत गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण