बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले जिम्बावे‘ए’ लाई दियो १८२ रनको लक्ष्य

आइतबार, १८ वैशाख २०७९, १४ : ५०
आइतबार, १८ वैशाख २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे‘ए’ लाई टी–ट्वान्टी अभ्यास सिरिजको पहिलो खेलमा १८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १८१ रन बनायो ।

नेपालका लागि  आदिल अन्सारीले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ४६ रन बनाए । नेपालले पाँचौं ओभरको दोस्रोब लमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका आसिफ शेख लुके जोन्वेले आसिफलाई क्याच आउट गराए । आसिफले नेपालका लागि ९ रन जोडे ।

११औं ओभरको दोस्रो बलमा नेपालले कुशल भुर्तेलको रुपमा दोस्रो किवेट गुमायो । ब्रन्डोन माभुटाले कुशललाई ४६ रनमा क्याच आउट गराए । १४औं ओभरको पाँचौं बलमा नेपालले रोहित कुमार पौड्यललाई तेस्रो विकेटको रुपमा गुमायो ।

रोहितलाई जोन मसराले ३६ रनमा आउट गराए । १६औं ओभरमो पहिलो बलमा दिपेन्द्रसिंह एरी २८ रन बनाएर रन आउट हुँदा नेपालले आफ्नो चौथो विकेट गुमायो । १७औं ओभरको दोस्रो बलमा नेपालले पाँचौं विकेट गुमायो । नेपालका आरिफ शेखलाई बार्ड इभान्सलाई २ रनमा आउट गराए । आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप