नेपालले जिम्बावे‘ए’ लाई दियो १८२ रनको लक्ष्य
नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे‘ए’ लाई टी–ट्वान्टी अभ्यास सिरिजको पहिलो खेलमा १८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो ।
नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ४६ रन बनाए । नेपालले पाँचौं ओभरको दोस्रोब लमा आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका आसिफ शेख लुके जोन्वेले आसिफलाई क्याच आउट गराए । आसिफले नेपालका लागि ९ रन जोडे ।
११औं ओभरको दोस्रो बलमा नेपालले कुशल भुर्तेलको रुपमा दोस्रो किवेट गुमायो । ब्रन्डोन माभुटाले कुशललाई ४६ रनमा क्याच आउट गराए । १४औं ओभरको पाँचौं बलमा नेपालले रोहित कुमार पौड्यललाई तेस्रो विकेटको रुपमा गुमायो ।
रोहितलाई जोन मसराले ३६ रनमा आउट गराए । १६औं ओभरमो पहिलो बलमा दिपेन्द्रसिंह एरी २८ रन बनाएर रन आउट हुँदा नेपालले आफ्नो चौथो विकेट गुमायो । १७औं ओभरको दोस्रो बलमा नेपालले पाँचौं विकेट गुमायो । नेपालका आरिफ शेखलाई बार्ड इभान्सलाई २ रनमा आउट गराए । आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण