कविता : यस्तरी आउनु
सोमबार, १९ वैशाख २०७९, १७ : २१
-अविनाश भट्टराई
तिमी यस्तरी आउनु
जसरी आउँछ
ठिहिर्याउँदो हिउँदे झरीपछि
न्यानो घाम
तिमी यस्तरी आउनु
जसरी आउँछन्
स्कुल सकिएपछि, स्कुले नानीहरु
तिमी आउनु, यस्तरी आउनु
जसरी आउँछ, दिनभरि चारो खोजेर
एउटा चरो, आफ्नै गुँड
तिमी आउनु, यस्तरी आउनु
जसरी आउँछ भर्खर
ताते गर्न थालेको एउटा बालक
आमाको आलिङ्गनमा ।
हो,
तिमी आउनु, यस्तै गरी आउनु
जसरी आउँछ
वर्षौ भेट्न नपाएको
एउटा प्रेमी, प्रेमिकाको साथ
तिमी यस्तरी नै आउनु
जसरी आउँछन्
घन्टौंको ट्राफिक जाम खुलेपछि
मोटरहरु
तिमी आउनु, यस्तरी आउनु
जसरी आइपुग्छन् गन्तव्य छुन
म्याराथन धावकहरु
तिमी यस्तरी नै आउनु
जसरी आउँछ, एकाबिहानै सूर्य
पूर्वको डाँडा भेट्न
ए मेरो प्रिय परदेशी छोरो,
तिमी आउनु,
यस्तै गरी आउनु ल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण