बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारलाई आयोगको निर्देशन :  २५ हजारभन्दा माथिको आर्थिक कारोबार बैंकमार्फत गर्नु

मङ्गलबार, २० वैशाख २०७९, २१ : ००
मङ्गलबार, २० वैशाख २०७९

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी सवै उम्मेदवारलाई २५ हजारभन्दा माथिको आर्थिक कारोवार गर्दा बैंकमार्फत मात्र गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता विपरित कामकारवाही भइरहेको भन्दै बैंक मार्फत मात्र खर्च गर्न भनेको हो ।

साथै उम्मेदवारले बैंकमार्फत खर्च गरे/नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई पनि आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको स्मरण गराउँदै आयोगको विज्ञप्तिमा जहाँ उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्न बैङ्क वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख रहेको जनाएको छ ।

आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्न र तोकिएका व्यक्तिको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउन गरिएको आचारसंहिताको व्यवस्था कार्यान्वयन गर्न सवै उम्मेदवारहरूलाई स्मरण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप