उम्मेदवारलाई आयोगको निर्देशन : २५ हजारभन्दा माथिको आर्थिक कारोबार बैंकमार्फत गर्नु
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी सवै उम्मेदवारलाई २५ हजारभन्दा माथिको आर्थिक कारोवार गर्दा बैंकमार्फत मात्र गर्न निर्देशन दिएको छ । आयोगले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता विपरित कामकारवाही भइरहेको भन्दै बैंक मार्फत मात्र खर्च गर्न भनेको हो ।
साथै उम्मेदवारले बैंकमार्फत खर्च गरे/नगरेको ख्याल गर्न सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई पनि आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको स्मरण गराउँदै आयोगको विज्ञप्तिमा जहाँ उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्न बैङ्क वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख रहेको जनाएको छ ।
आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्न र तोकिएका व्यक्तिको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउन गरिएको आचारसंहिताको व्यवस्था कार्यान्वयन गर्न सवै उम्मेदवारहरूलाई स्मरण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण