श्रीलङ्काको मौज्दात ५० करोड अमेरिकी डलरभन्दा कम
श्रीलङ्कामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार यहाँका वित्त मन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन् । श्रीलङ्काको संसदलाई सम्बोधन गर्दै सावरीले आर्थिक संकट नरोकेको खण्डमा त्यसले देशलाई गम्भीर खतरा निम्त्याउन सक्ने उल्लेख गरेको कोलम्बो पेज नामक समाचार संस्थाले जनाएको छ ।
अर्थमन्त्रीका अनुसार करको दर घटाउने निर्णय गम्भीर गल्ती भएको बताएको बताइएको छ । श्रीलङ्काले चाँडै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भेटेर श्रीलङ्काको मुद्रालाई थप अबमुल्यन हुनबाट जोगाउने उपायहरू खोज्नुपर्ने उनले बताए । उनले भने, “सबै सरकारले निर्भरताको मानसिकताअनुसार काम गरे । यो लामो समयसम्म ऋण बोझको परिणाम हो । कोलम्बो पेजले रिपोर्ट गरेझैं हाम्रो समयमा भएका गलत नीतिहरूले पनि यस्तो परिस्थिति सृजना गर्न मद्दत गरेको हुनसक्छ ।”
वित्त मन्त्रीले संसदलाई भविष्यमा आयकर दर बढाउनुपर्ने भन्दै आफ्नो राय संसदमा राखेका थिए । उनले रोजगार व्यक्तिहरूलाई आफ्नो कमाइको केही अंश राज्यका लागि योगदान गर्न पनि आग्रह गरे । सावरीले भने, “समाज नै प्रभावित बनेको वर्तमान अवस्थामा कमाउनेहरूले केही योगदान गर्नैपर्छ । आगामी दुई देखि तीन वर्षमा आम्दानी करलाई करिब १५ प्रतिशतले वृद्धि गर्नुपर्नेछ ।”
उक्त अवसरमा वित्त मन्त्रीले अन्तरराष्ट्रिय मुद्रा कोषसँगको वार्ताको प्रगति प्रतिवेदन संसदका सबै सदस्यहरूलाई वितरण गरिएको भन्दै सबैले आफ्नो स्थानबाट राज्यको सङ्कट टार्नका लागि योगदान गर्नुपर्ने अवस्था रहेको बताएको कोलम्बो पेजले उल्लेख गरेको छ । यसैबीच, पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीका कारण परेको प्रभावले श्रीलङ्काको अर्थतन्त्र खस्किएको उनले जिकिर गरे । श्रीलङ्काले कम्तीमा पनि १० घण्टाको दैनिक विद्युत् कटौती गरिरहेको छ। यहाँको मुद्रा मार्च ८ पछि अमेरिकी डलर विरुद्ध करिब श्रीलङ्काली ९० रूपैयाँले अवमूल्यन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण