बैतडीका ७५ हजार बालबालिकालाई टाइफाइड खोप
बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन् ।
कार्यालयका अनुसार पुर्चौडी नगरपालिकाका १२ हजार ४२२, पाटन नगरपालिकाका आठ हजार ७१०, दशरथचन्द नगरपालिकाका आठ हजार ४८१, मेलौली नगरपालिकाका छ हजार २३६ बालबालिकालाई खोप लगाइएको छ । यस्तै सिगास गाउँपालिकाका सात हजार ७५०, दोगडाकेदार गाउँपालिकाका छ हजार ९१४, डिलाशैनी गाउँपालिकाका छ हजार ६१७, शिवनाथ गाउँपालिकाका छ हजार ३७२, सुर्नया गाउँपालिकामा पाँच हजार ८४५ र पञ्चेश्वर गाउँपालिकाका पाँच हजार ५६९ बालबालिकाले खोप पाएका हुन् ।
जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप सेवा पाएका हुन् । टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकालाई सो खोप पहिलो पटक दिइएको हो । यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत छ । यस वर्ष अभियानको रुपमा टाइफाइडविरुद्धको खोप दिइएको छ भने अर्को वर्षदेखि बालबालिकालाई दिइने नियमित खोपमा सो खोपलाई समावेश गरिने जनाइएको छ ।
बालबालिकालाई १५ महिना हुँदा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिने बेला टाइफाइडविरुद्धको खोप पनि दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । गत चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, आजै शपथ
-
कोशीको मुख्यमन्त्री नियुक्तिका लागि ५२ जनाकै सनाखत
-
सहकारी समस्या समाधानका विषयमा हामी प्रष्ट छौँ : प्रमुख सचेतक पाण्डे
-
जुवातास खेलिरहेको अवस्थामा दुई जना पक्राउ
-
सरकारको कर नीतिले देशभरका साना तथा मझौला रड उद्योग धमाधम बन्द हुँदै
-
२ सय १८ किलो गाँजासहित दुई जना पक्राउ