हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन
जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेका छ । टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमा समेत समस्या आएको जनाइएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले टेलिफोनविहीन अवस्था भएको हो । कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले भने “टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौँबाट मगाइएको छ, आइपुगेपछि टेलिफोन सञ्चालनमा ल्याइनेछ ।”
टेलिफोन बिग्रिएको खबर पाएपछि नेपाल टेलिकमको प्राविधिक टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको थियो । निर्वाचनका समयमा टेलिफोनमा अवरुद्ध आएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलका स्थानीय नेता तथा उम्मेदवारले गुनासो गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण