आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

२८ वर्षपछि मासपुरवासीले पाए लालपुर्जा

शनिबार, २४ वैशाख २०७९, १५ : ०३
शनिबार, २४ वैशाख २०७९

हुम्लाको दुर्गम वस्तीका रुपमा चिनिने ताजाकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयवासीले २८ वर्षपछि लालपुर्जा पाएका छन् । वि.सं २०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपुर्जा पाएका हुन् । पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति–७ बँदेलचौरमा एक माना चामल र नुन लिएवापत जग्गाको तिरो तिर्दै आएका उनीहरुले २८ वर्षपछि भए पनि जग्गाको लालपूर्जा पाएकोमा खुसी भएको स्थानीयवासी ९२ वर्षीय दलवीर बुढाले बताए । मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपूर्जा लिन जग्गाधनी नै नआएको बताएको छ । 

अनुगमनका क्रममा ताजाकोट गाउँपालिका जाँदा स्थानीयवासीले लालपूर्जा  नपाएको गुनासो गरे । तर गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीयवासी नआएका कारण पाउन नसकेको मालपोत कार्यालयले जनाएको छ । १२ घरधुरीलाई गतवर्ष चैतमै लालपूर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपूर्जा वितरण गरिएको कार्यालयले जनाएको छ । दुई घरधुरीले सुरुमै लालपूर्जा लिइसकेका भए पनि अन्यले हालसम्म लालपूर्जा पाएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप