रुकुम (पूर्व) मा मादक पदार्थ सेवन, बिक्री वितरण पूर्ण रुपमा बन्द
रुकुम (पूर्व) मा यहीँ वैशाख २५ गतेबाट मादक पदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइने भएको छ । स्थानीय तहको चुनावलाई लक्ष गरेर जिल्लाभरी नै २५ गतेदेखि मत परिणाम घोषणा नहुँदासम्म पूर्णरुपमा मादक पदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले गरेको हो ।
बैठकले मतदानका दिन सबै मतदान स्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्न र साथमा लिइ नआउन अनुरोध गर्नाका साथै अत्यावश्यक वस्तु एवं सेवाको आपूर्ति व्यवस्था सहज बनाइराख्न पनि भनेकोे छ । स्वास्थ्य, खानेपानी, टेलिफोन, विद्युत्, अस्पतालबाट दिइने अत्यावश्यक सेवाहरु निरन्तर रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन र कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गरी निर्वाचन गतिविधि सञ्चालन गराउने निर्णय गरिएको छ ।
वैशाख ३० गते मतदानका दिन अनुमति प्राप्त गरेका सवारीसाधनबाहेक आम सवारीसाधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्ने निर्णय पनि सर्वपक्षीय बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा जिल्लास्थित सुरक्षा निकाय एवं विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, यातायात, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकारको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण