आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

चुनाव प्रचारमा हिँडेका एक जनाको गाडीबाट लडेर मृत्यु

शनिबार, २४ वैशाख २०७९, १८ : ५४
शनिबार, २४ वैशाख २०७९

नेपाली काँग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका-२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । 

काँग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकामा गम्भीर चोट लागेको र उपचारका लागि तुल्सीपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक दाङ जिल्ला बबई गाउँपालिका-२ का खुमबहादुर छन्तेललाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप