माधव नेपालको चिप्लियो जिब्रो, मागे सूर्यमा भोट

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ ।
मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे । सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे । यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झना आएको हुनसक्छ । जसले गर्दा कलम चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।
सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिन अकमक्किए । एक छिन अलमलिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु