माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन अध्यक्ष प्रचण्डको आग्रह
मङ्गलबार, २७ वैशाख २०७९, २१ : ५०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । मौन अवधिको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले भिडियो सन्देशमार्फत शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।
संविधान जारी पछि नेपालमा दोस्रो स्थानीय तहको निर्वाचन हुन गइरहेको बताउँदै उनले परिवर्तनका, संविधान, गणतन्त्र र संघीयताका पक्षधरलाई विजय गराउन समेत अपिल गरे । संविधानसभाबाट संघीय लोकतान्त्रिक, गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली स्थापित गर्नको लागि माओवादी केन्द्रले संघर्ष र बलिदान गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण