रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घट्यो, श्रम स्वीकृति लिनेको सङ्ख्या ह्वात्तै बढ्यो

चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स (विप्रेषण) ०.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको ९ महिनाको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशतले रेमिट्यान्स आप्रवाह घटेको हो ।
यस अवधिमा नेपालमा विदेशबाट ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ भित्रिएको छ । जुन, गत वर्षको तुलनामा ०.६ प्रतिशतले न्यून हो । गत वर्षको यही अवधिमा रेमिट्यान्सको आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले घटेर अहिलेसम्म ६ अर्ब ५ करोड डलर भित्रिएको छ । गत वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतमा सीमित थियो ।
बढ्यो वैदेशिक रोजगारीमा जानेको सङ्ख्या
चालू आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्स आप्रवाह सामान्य गिरावट आएपनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको केन्द्रीय बैंकले जनाएको छ । अहिलेसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ह्वात्तै बढेको छ ।
अहिलेसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५६ हजार ३१ जना पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो । यस्तै, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृत लिने नेपालीको सङ्ख्या १९९.९ प्रतिशतले बढेको छ । अहिलेसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६ हजार ६२९ पुगेको छ । गत वर्ष यस्तो स्वीकृति ६०.७ प्रतिशतले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै
-
नीतिगत तहमा रोजगारदाता हाबी हुँदा श्रमिकलाई समस्या
-
रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्न एकीकृत समाजवादीको माग
-
विश्व मजदुर दिवस : न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुर (तस्बिरहरू)
-
दिवस धूमधाम, मजदुरको अवस्था उस्तै (तस्बिरहरू)
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग स्तब्ध बन्दै उपाधि होडबाट बाहिरियो मेस्सी आबद्ध इन्टर मियामी