रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घट्यो, श्रम स्वीकृति लिनेको सङ्ख्या ह्वात्तै बढ्यो
चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स (विप्रेषण) ०.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको ९ महिनाको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशतले रेमिट्यान्स आप्रवाह घटेको हो ।
यस अवधिमा नेपालमा विदेशबाट ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ भित्रिएको छ । जुन, गत वर्षको तुलनामा ०.६ प्रतिशतले न्यून हो । गत वर्षको यही अवधिमा रेमिट्यान्सको आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले घटेर अहिलेसम्म ६ अर्ब ५ करोड डलर भित्रिएको छ । गत वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतमा सीमित थियो ।
बढ्यो वैदेशिक रोजगारीमा जानेको सङ्ख्या
चालू आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्स आप्रवाह सामान्य गिरावट आएपनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको केन्द्रीय बैंकले जनाएको छ । अहिलेसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ह्वात्तै बढेको छ ।
अहिलेसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५६ हजार ३१ जना पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो । यस्तै, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृत लिने नेपालीको सङ्ख्या १९९.९ प्रतिशतले बढेको छ । अहिलेसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६ हजार ६२९ पुगेको छ । गत वर्ष यस्तो स्वीकृति ६०.७ प्रतिशतले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण