एफवान सफ्टका अध्यक्ष ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा
एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको क्षेत्रमा काम गर्ने नवीन खोजकर्ता, नेतृत्वकर्ता, संस्थापक, लगानीकर्ता र नवप्रवर्तन गतिविधि गर्ने पश्चिमा देश बाहेकका सय जनालाई यो सूचीमा समावेश गरिन्छ ।
ढकालले सामूहिक रूपमा कसरी उत्पादन बनाइन्छ र वितरण गरिन्छ ? कसरी उद्यमीहरूलाई लगानी गरिन्छ र कसरी प्राविधिक प्रयोगकर्तालाई उनीहरूको स्थानीय बजारभन्दा टाढा सुरक्षित गरिन्छ भन्ने कुरामा ठूलो प्रभाव पारेको रेष्ट अफ वर्ल्डको सम्पादकीय टिमले जनाएको छ । ‘रेष्ट अफ वल्र्ड’को सूचीमा विश्वव्यापी रूपमा आधारित रिपोर्टहरू र सम्पादकहरूको नेटवर्कद्वारा छनोट गरी समावेश गराइन्छ । टेक्नोलोजी इकोसिस्टमबाट आफ्नो क्षेत्र तथा समुदायमा पारेको प्रभावका आधारमा यस सूचीमा समावेश गरिन्छ । ‘रेष्ट अफ वल्र्ड’ सूचीमा विश्वव्यापी पहुँच भएका कार्यकारीहरू, नवप्रवर्तन सक्षम गर्ने लगानीकर्ताहरु, उदीयमान उद्यमीहरू र खुला एवं समतामुलक भविष्यका लागि काम गर्ने व्यक्तिहरूलाई समावेश गरिन्छ ।
सूचीमा समावेश भएपछि एफ वान सफ्ट ग्रुपका अध्यक्ष ढकालले भने, ‘मैले सधैँ मेरो देशमा आमुल परिवर्तनको परिकल्पना गरेको छु, जहाँ सबैलाई डिजिटल फाइनान्समार्फत सशक्त बनाइन्छ ।’ ‘रेष्ट अफ वल्र्ड’ले आफ्नो परिकल्पनालाई पहिचान गरेर सूचीमा समावेश गरेकोमा आभार व्यक्त गर्दै उनले भने, ‘म विश्वस्त छु कि यसले सार्थक परिवर्तन ल्याउन सहयोग गर्नेछ ।’
यसअघि ढकाल २०१७ मा ‘म्यानेजर अफ द इयर’बाट सम्मानित भइसकेका छन् भने अमेरिकी राज्य विभागले इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम र ग्लोबल उद्यमी समिट २०१६ मा नेपालबाट चयन पनि भइसकेका छन् । ‘रेष्ट अफ वर्ल्ड’ सूचीले स्थानीय नवप्रवर्तन र विश्वव्यापी प्रचलनहरू, तिनीहरूका प्रभावहरूबिचको बिन्दुहरू जोड्ने विश्वको बाँकी लक्ष्यलाई प्रतिबिम्बित गर्दछ । विश्वका विभिन्न क्षेत्रमा बस्ने र काम गर्ने पत्रकारहरूसँग साझेदारी गर्दै रेष्ट अफ वर्ल्डले विगत दुई वर्षमा ९० भन्दा धेरै देशबाट ७ सय ५० भन्दा धेरै प्रकाशनहरु प्रकाशित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण