उम्मेदवारले पैसा बाँडेको आयोगमा उजुरी, के उम्मेदवारी खारेज हुन्छ ?
निर्वाचन आयोगमा उम्मेदवारले पैसा बाँडेको उजुरी व्यापक मात्रामा आउन थालेको छ । मौन अवधि रहेको मतदानको अघिल्लो दिनसम्म २ सय ५० हाराहारी उजुरी आयोगले नोटिसमा लिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलले भने, ‘पैसा बाँडेको भन्ने कुरा धेरै आएका छन्, आयोगले त्यस्ता कुराहरु नोटिसमा लिएको छ । हाम्रा अनुगमन टोलीहरू मैदानमा छन् । १८ वटा अनुगमन टोलीहरू खटाइरहेका छौँ । आचार संहिता प्रक्राउ पर्ने, कारवाही गरेको बारे सुचना दिएर साध्य नै छैन ।’ निर्वाचनको मौन अवधीको समयमा पैसा बाँड्ने लगायतका आचारसंहिता उल्लंघन गर्नेहरुलाई आयोगले कसुरको प्रकृति अनुसार कारवाही गर्ने उनले बताए । उनले भने, ‘निर्वाचन कानुन अनुसार उहाँहरुलाई एक लाख जरिवाना हुन्छ, बाँडेको पैसा जफत हुन्छ, यसबारे आयोगले निर्णय गर्छ । आयोगले उहाँहरुको उम्मेदवारी खारेज सम्म गर्न सक्छ ।’
निर्वाचन कानुनमा कुन आचारसंहिता उल्लंघन गर्दा के कारवाही गर्ने भन्नेबारे प्रष्ट नभएकोले आयोगले आचारसंहिता उल्लंघनका गम्भीरताका आधारमा कानुनी कारवाही गर्ने बताए । उनले भने, ‘आयोगले त्रुटीको गम्भीरताको विश्लेषण गरेर कारवाही गर्छ । आयोगका पदाधिकारीको बैठकले यसबारे निर्णय गर्छ ।’ उनले आयोगले विभिन्न माध्यमबाट झन्डै साढे २ सय यस्ता उजुरीहरू प्राप्त गरेको उनले बताए । विभिन्न दल तथा दलका व्यक्ति गरेर हालसम्म ६५ वटा स्पष्टिकरण सोधिएको उनले बताए । आयोगले १५ व्यक्ति, संस्थालाई आचार संहिता उल्लंघन गरेको फैसला गर्दै सचेत गराएर फैसला समेत गरेको छ । चिठी पत्र, टेलिफोन, इमेल, फेसबुक विभिन्न माध्यमबाट उजुरी प्राप्त गरिरहेको आयोगले जनाएको छ ।
सुर्खेतमा बुधबार राति पैसा बाँडेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका ११ का वडाध्यक्षका उम्मेदवार राजन बिसी पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका थिए । यस्तै सिरहाको गोलबजार नगरपालिका वडा नम्बर २ गुरुधामबाट मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा माओवादी केन्द्रका कार्यकर्ता प्रेमकुमार लामा पक्राउ परेका छ । उनको साथबाट नमुना मतपत्र र ९ हजार रुपैयाँ रकम बरामद गरिएको प्रहरीको भनाई छ । यता अर्घाखाँचीमा पनि मतदातालाई पैसा बाँड्ने वडाध्यक्ष समातिएका छन् । अर्घाखाँचीको मालारानी वडा नंबर ३ का वडाध्यक्षका उम्मेदवार दुर्गाप्रसाद खनाललाई लिखित माफी मगाएर छोडिएको छ ।
कपिलबस्तु नगरपालिका वडा नंबर ३ मा मतदातालाई बाँड्न लगिएको २ सय ६० बोतल मदिरासहित एक जनालाई पक्राउ गरिएको छ । वडा नंबर ३ का वडाध्यक्षका उम्मेदवार प्रकाश गैरेले रक्सी बाँड्न लागेको विपक्षी दलहरुले आरोप लगाएका छन् । आयोगले पैसा बाँडेको लगायतका गम्भीर किसिमका आचारसंहिता उल्लंघनका घटनामा उम्मेदवारी खारेजसम्मको कारवाही गर्ने भनेपनि अहिलेसम्म कसैलाई पनि उम्मेदवारी खारेजसम्मको कारवाही गरिएको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण