पत्रपत्रिकाबाट
हाँसमा बर्डफ्लु पुष्टि
शुक्रबार, ३० वैशाख २०७९, ०६ : ३५
सर्लाहीको गोडैता नगरपालिकामा रहेको एउटा हाँस फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको गोडैता नगरपालिका–५ मा रहेको जेके पशुपालन तथा पोल्ट्री फार्म हाउसमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । बिहीबार बिहानदेखि पशु सेवा विभागबाट खटिएको टोलीले फार्म हाउस तथा आसपासका क्षेत्रमा निरीक्षण अनुगमन गरिरहेको छ ।
उक्त फार्ममा पालिएका ५५० वटा हाँसमध्ये बर्डफ्लुका कारण ३८२ वटा हाँस मरिसकेका र हाल फार्ममा १६८ वटा जिउँदो हाँस रहेका घटनास्थलमा खटिएका पशु सेवा विभागका डा. विजय चौधरीले जानकारी दिए । बर्डफ्लु देखिएपछि विभागले राष्ट्रिय पशु प्रजनन केन्द्र लहानका पशु चिकित्सक चौधरीसहितको टिमलाई बिहीबार गोडैता पठाएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण