
ज्योतिष हेरेर आएको छु : बालेन साह

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर मत हाल्न आएकाे बताएका छन्। ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्। साहले महानगरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्।
‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्रै काम गर्छु। भएको कुरालाई विश्वास गर्ने नगर्ने भन्ने हुँदैन।’ ज्योतिष शास्त्र आफैमा विज्ञान भएकाले सबैले विश्वास गर्नुपर्ने साहले बताए। ‘ज्योतिष फिजिक्स हो। त्यो विज्ञान हो सबैले विश्वास गर्नु प¥यो नि?’ साहले भने।
यसअघि समाचार सामग्रीमा उल्लेखित केही अंश अन्यथा हुन पुगेकाले क्षमायाचनासहित हटाइएको छ : सम्पादक
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ