मोटरसाइकल दुर्घटनामा सहायक मतदान अधिकृतको मृत्यु
वीरेन्द्रनगरका सहायक मतदान अधिकृतको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएर घर फर्किदै गर्दै वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ बर्षीय हृदय ढकालको मृत्यु भएको हो ।
उनी वीरेन्द्रनगर नगरपालिकाको राजस्व उपशाखामा कार्यरत छैटौं अधिकृत हुन् । वीरेन्द्रनगर–३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएको थियो । मोटरसाइकलबाट उछिट्टिएर ढकाल बाटो छेउमा रहेको जस्ता पातामा ठोक्किएर मृत्यु भएको घर्तीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण