बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

१६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित : आयोग (विज्ञप्तिसहित)

शुक्रबार, ३० वैशाख २०७९, २२ : ४५
शुक्रबार, ३० वैशाख २०७९

निर्वाचन आयोगले  राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको छ ।  उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगको भनाइ छ ।

लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको आयोगले जानकारी दिएको छ ।  त्यस्तै मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका सङ्कलन भइसकेपछि मतगणना यथाशीघ्र सुरु गरिने पनि आयोगको भनाइ छ । आयोगका अनुसार संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा राति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप