सुर्खेतको वीरेन्द्रनगरमा सुरु भयो मतगणना
शनिबार, ३१ वैशाख २०७९, १२ : १३
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि गणना गर्ने भनिएपनि झण्डै ४५ मिनेट ढिलागरी गणना सुरु भएको हो ।
गएराती १२ बजेसम्म मतपेटिका संकलन सकिएपनि सर्वदलीय बैठक बस्न नसकेपछि मतगणनामा ढिलाई भएको हो । शनिबार बिहानदेखि जारी सर्वदलीय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको थियो । मतगणना वीरेन्द्रनगरको सिटी हलमा सुरु भएको सहायक निर्वाचन अधिकृत उज्जल रावलले जानकारी दिए ।
वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन्। नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा ४८ हजार ३०४ (७२.०४ प्रतिशत)ले मतदान गरेका छन् । यो नगरपालिकामा मेयर र उपमेयरका लागि १३/१३ जनाले प्रतिस्पर्धा गरिरहेका छन् भने वडा अध्यक्षहरूमा १०१, खुल्ला सदस्यमा १६४, महिला सदस्यमा ८३, दलित सदस्यमा ७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा एकतिहाइ मात्र मल आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
-
मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण