दाङका ७ गाउँपालिकामध्ये ५ वटामा माओवादीको अग्रता
दाङ जिल्लाका सातवटा गाउँपालिकामध्ये अहिलेसम्म माओवादीले पाँचवटा गाउँपालिकामा अग्रता लिएको छ । अग्रता लिएकामध्ये माओवादीले तीन पालिकामा गठबन्धन गरेको छ भने दुई पालिकामा एकल प्रतिस्पर्धा गर्दै अग्रता लिएको छ ।
माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा एउटा गाउँपालिका मात्रै जितेको थियो । अहिले बंगलाचुली, राजपुर र राप्तीमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ भने शान्तिनगर र गढवामा झिनो मतले अग्रता लिएको छ ।
माओवादी केन्द्रले बंगलाचुलीमा काँग्रेससँग, राप्तीमा राजमोसँग र गढवामा एकीकृत समाजवादी र राजमोसँग गठबन्धन गरेको छ । एक्लै चुनाव लडेको भारतको सीमावर्ती गाउँपालिकामा माओवादीले फराकिलो मतान्तरसहित अग्रता लिएको छ ।
माओवादीले दाङमा अहिलेसम्म चारवटा वडा जितेको छ । काँग्रेस र एमालेले पनि चार–चार वटा वडा जितेका छन् । अहिलेसम्म दंशीशरण र बबइमा काँग्रेसको अग्रता छ भने गठबन्धन रहेको घोराही उपमहानगरपालिकामा झिनो मतान्तरसहित गठबन्धनको अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण