जुम्लाको शंकर माविमा आज मतदान, सेनाका गणपतिसहितको सुरक्षा टिम खटाइयो
आइतबार, ०१ जेठ २०७९, ११ : १६
जुम्लाको गुठीचौर गाउँपालिका गज्यांकोटस्थित शंकर बहुद्देश्य माध्यमिक बिद्यालयको मतदान केन्द्रमा आज मतदान भइरहेको छ । नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीबीच झडप हुँदा वैशाख ३० गतेको मतदान स्थगित भएको थियो ।
मतदानमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम खटिएको प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंले राटोपाटीलाई जानकारी दिइन् ।
कार्यकर्ताबीचको झडपमा सहायक निर्वाचन अधिकृत रवी भण्डारीलाई समान्य चोट लागेको थियो । शंकर माविमा आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण