दाङको शान्तिनगर–२ मा स्वतन्त्र उम्मेदवार विजयी
आइतबार, ०१ जेठ २०७९, १३ : ०७
दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवार सुनिल ओली विजयी भएका छन् । उनी ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ठाकुरप्रसाद केसीले ५९७ मत प्राप्त गरे । यो नेपाली काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको वडा हो ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै २७ वर्षीय ओलीले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । काँग्रेसका आधिकारिक उम्मेदवार टोपेन्द्र खड्काले ३५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा विजयी भएका ओली काँग्रेस निकट थिए तर, उनले युवाहरु राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण