भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आइपुग्दै छन् ।
प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत हुनेछन् ।
प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौंस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ । भोलि नै दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
-
विष्णु पाैडेललाई अदालतमा उपस्थित गराउँदा जे देखियाे, तस्बिरहरू
-
भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ
-
भ्रामक खबर र अवैध चिकित्सा अभ्यासप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल र मन्त्रीले जवाफ दिने समय तय
-
दाइको हत्या गरी भारततर्फ भाग्दै गरेका विनोद कोहलपुरबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण