राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल र मन्त्रीले जवाफ दिने समय तय
सारांश
- राष्ट्रिय सभामा विनियोजन विधेयक २०८१ का विभिन्न शीर्षकहरूमाथि असार १८ र १९ गते छलफल हुने भएको छ।
- छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले असार २२ र २३ गते दिनेछन्।
- सांसदहरूले छलफलमा भाग लिनका लागि असार १८ गतेभन्दा एक दिन अगावै राष्ट्रिय सभाको कार्यव्यवस्था शाखामा नाम दर्ता गराउनुपर्नेछ।
काठमाडौँ । राष्ट्रिय सभामा विनियोजन विधेयक २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफलको मिति तय भएको छ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको विधेयकमाथि आगामी असार १८ र १९ गते छलफल गर्ने समय तय गरिएको सोमबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालले असार १८ र १९ गते विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुने र त्यसपछि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय गरेको जानकारी बैठकमा गराएका हुन् ।
छलफलमा उठेका प्रश्नहरूको मन्त्रीहरूले असार २२ र २३ गते जवाफ दिने गरी समय निर्धारण गरेको दाहालले बताए।
अध्यक्षले छलफलमा भाग लिन चाहने सांसदहरूलाई आफ्नो नाम दलीय आधारमा उपलब्ध गराउन पनि अध्यक्ष दाहाले आग्रह गरे ।
छलफलमा सहभागी हुन चाहने सदस्यहरूले छलफल हुने दिनभन्दा एक दिन अगावै राष्ट्रिय सभाको कार्यव्यवस्था शाखामा नाम दर्ता गराउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण