तीन पार्टी मिल्दा पनि थवाङमा माओवादी विजयी
रोल्पाको थवाङ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द’ नेकपा समुहलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन् । काँग्रेस, एमाले, विप्लव समुहका दलजीत रोकामगर र उपाध्यक्षमा रायनबहादुर पुन मगरलाई उठाएका थिए ।
माओवादी बुढाले २१२२ मत पाउँदा विप्लव समुहका रोकामगरले १५०६ मत ल्याएका थिए । माओवादीका बुढाले विप्लव समुहका रोकामगरलाई ६१६ मत अन्तरले पराजित गरेका थिए । यस्तै उपाध्यक्षमा माओवादीकी शर्मिला बुढामगर २ हजार १२२ मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी काँग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७ मत पाएका थिए ।
यस्तै थवाङको ५ वडामध्ये चार वडा माओवादीका प्यानलै निर्वाचित भएका छन्। वडा नम्बर ४ अध्यक्ष सहित प्यालनै काँग्रेस, एमाले र विप्लव समूहबाट एमालेले जितेको छ। थवाङ वडा नम्बर एकबाट हिराप्रसाद बुढामगर सहितको प्यानल, दुई अध्यक्षमा अभिलासा रोकामगर सहित प्यानल, वडा नम्बर तीनबाट जनक बुढामगरसहित प्यानल, वडा नम्बर पाँचबाट गोबर्दन घर्तीमगर सहितको प्यानल निर्वाचित भएका छन्।
वडा नम्बर चारबाट काँग्रेस, एमाले र विप्लव समूहको समर्थनमा एमालेका हिक्मत घर्ती अध्यक्षसहित प्यानलै विजयी भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण