दाङको गढवामा माओवादी, राजपुरमा काँग्रेसको अग्रता
आइतबार, ०१ जेठ २०७९, १८ : ११
दाङको गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले लिड गरेको छ भने राजपुरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। गढवा अध्यक्षमा माओवादीका यामनाराण शर्मा पोखरेल‘विश्वास’ले १४६५ मत ल्याउँदा काँग्रेसका सर्वजति डिसीले १४३३ मत र एमालेका सहजराम अहिरले १०५० मत ल्याएका छन्।
गढवामा कहिले काँग्रेस कहिले एमालेले लिड गर्दै आएको छ। अहिले माओवादीका शर्माले अग्रता लिएका छन्। यस्तै राजपुरमा काँग्रेसका अध्यक्षका उम्मेदवार सरद कुमार बुढाथोकीले २३३६ मत ल्याउँदा माओवादीका चक्रबहादुर खड्का‘शिखर’ले २२२९ मत ल्याएका छन्। एमालेका कुलराज गिरीले १५८३ मत ल्याएका छन्। यसअघि माओवादीका खड्काले अग्रता लिएकोमा अहिले काँग्रेसका बुढाथोकीले अग्रता लिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण