शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा विजय सुवेदीले अग्रता बनाए

आइतबार, ०१ जेठ २०७९, २० : ०२
आइतबार, ०१ जेठ २०७९

चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । 

माओवादीबाट मेयरकी उम्मेदवार रेनु दाहालले २४६५ मत ल्याउँदा सुवेदीले २४६८ मत ल्याएका हुन् ।

विजयले ३ मतको अग्रता लिएका हुन् ।  आइतबार राति ८ बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् । 

यस्तै उपमेयरमा  चित्रसेन  अधिकारीले २७०१  तथा राप्रपाकी  हिमला गुरुङले १९७५ मत पाएकी छन् । अहिलेसम्म भरतपुरमा ६७७७ मतगणना सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप