गौतमबुद्ध विमानस्थलको उद्घाटन गर्दै देउवाले भने– मुलुक हवाई उडानको नयाँ युगमा
सोमबार, ०२ जेठ २०७९, ०९ : ०८
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै मुलुक हवाई उडानमा नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै उनले यो विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने बताए ।
सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको उल्लेख गरे । नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेले विमानस्थल सञ्चालनले मुलुकको विकासमा टेवा पुग्ने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल थपिएसँगै हवाई उद्योग चलायमान हुने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण