मेटमणि चौधरीका भाइ वडाध्यक्षमा पराजित
नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष तथा सांसद मेटमणि चौधरीका भाइ पुरन चौधरी वडाध्यक्षमा पराजित भएका छन् । दाङदेउखुरीको गढवा गाउँपालिका–७ मा नेकपा समाजवादीबाट उम्मेदवार रहेका उनका भाइ पुरनलाई नेपाली काँग्रेसका राहुलदेव चौधरीले पराजित गरे । राहुलदेवले ९९१ मत प्राप्त गर्दा पुरनले ५०३ मत प्राप्त गरी दोस्रा भए । । यसअघिको चुनावमा पनि सो वडामा नेपाली काँग्रेसका राहुलदेवले नै वडाध्यक्ष जितेका थिए ।
गढवा गाउँपालिकाको उपाध्यक्षमा नेकपा समाजवादीबाट उम्मेदवार रहेका सांसद मेटमणि चौधरीकी दिदी शान्ति चौधरी पनि पराजित हुने अवस्था देखिएको छ । यहाँ माओवादी र नेकपा समाजवादीले गठबन्धन गरेका छन् । जसअनुसार माओवादीबाट गाउँपालिका उम्मेदवार रहेका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अग्रता बनाएका छन् ।
उता उपाध्यक्षमा भने नेपाली काँग्रेसकी शारदा चौधरीको अग्रता छ । यसअघि एमालेबाट गाउँपालिका उपाध्यक्ष रहेकी शान्ति चौधरी पार्टी विभाजनको क्रममा एमालेमै रही चुनावको मुखमा मात्रै नेकपा एसमा खुलेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण