भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले लुम्बिनीका बजार बन्द
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका बजार बन्द गरिएको छ। मोदीको सुरक्षालाई लिएर स्थानीय प्रशासनले पसल व्यवसाय बन्द गराएको हो ।
मोदी बिहान साढे १० बजे कुशीनगर हुँदै लुम्बिनी आएका हुन् । लुम्बिनीको पर्सा चोकमा पुस्तक पसल सञ्चालन गरिरहेका अनिश अहमदले आइतबार दिउँसो पनि केहीबेर व्यवसाय बन्द गर्न प्रशासनले दबाब दिएको बताए । उनका अनुसार आज सोमबार भने बिहानैदेखि पसल खोल्न प्रशासनले रोक लगाएको छ । उनले भने, ‘हिजो (आइतबार) पूर्वअभ्यास भन्दै बिहान १० बजेदेखि १ बजेसम्म यहाँको पसल खोल्न दिइएन । आज त बिहानैदेखि कसैले पनि व्यवसाय खोल्न पाएनन् ।’
लुम्बिनीको मुख्य व्यवसायिक केन्द्र पर्सा चोकमा रहेका पसल व्यवसायहरु सोमबार बिहानैदेखि खुलेका छैनन् । ठूला व्यवसायिक प्रतिष्ठानहरूदेखि साना ठेला गाडाहरूमा किनबेच ठप्प भएको छ । लुम्बिनीमा बौद्ध पूर्णिमाका दिन पर्यटक आगमन धेरै हुने हुँदा व्यवसायीहरू सधैं उत्साहित रहन्थे । तर, यस पटक भने मोदी आउने भएपछि विशिष्ट सवारीलाई सुरक्षाको कारण देखाउँदै पसल खोल्न नदिएपछि व्यवसायीहरु निरास भएका छन् ।
लुम्बिनी होटेल संघका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्छन्, ‘बौद्ध पूर्णिमामा यहाँका स्थानीयका लागि मात्रै होइन व्यवसायीका लागि पनि उत्सवको दिन हो । पर्यटकको आवागमनले अघिपछि चलायमान भइरहेको व्यवसाय बौद्ध पूर्णिमाकै दिन ठप्प भएको छ । व्यवसायीहरू निराश छन् ।’
इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराज कार्कीका भनाइमा मोदीको आगमनका लागि सुरक्षाको प्रबन्धअनुसार व्यवसायहरू बन्द गरिएका हुन् । उनी भन्छन्, ‘भीआईपी सवारीका लागि सुरक्षा मिलाउने क्रममा भिडभाड नहोस् भन्नका लागि व्यवसाय बन्द गरिएका हुन् ।’ लुम्बिनीसँग स्थानीयलाई जोड्न नसकेको भन्दै समयसमयमा आलोचना हुने गरेको छ । वर्षौदेखि बौद्ध पूर्णिमा मनाइरहेका स्थानीयका लागि मोदीको भ्रमणले खासै उत्साहित बनाएको छैन ।
‘लुम्बिनीभित्र के हुन्छ भन्ने कुराले हामी बाहिरका लाई खासै मतलब हुँदैन,’ एक व्यवसायी भन्छन्, ‘तर नयाँ बर्ष, बौद्ध पूर्णिमामा यहाँका स्थानीय व्यवसायीहरू उत्साहित हुने गर्दथे । यसपटक बिहानैदेखि पसल बन्द गरेर बस्नु परेको छ ।’ पर्साचोक वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण