गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी
सोमबार, ०२ जेठ २०७९, १६ : २३
गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र बहादुर कुँवर १० मतान्तरले विजयी भएका हुन् ।
अध्यक्षमा कुँवर ४ हजार ७०७ मतसहित विजयी हुँदा नेकपा एमालेका प्रेमबहादुर केसीले ४ हजार ६९७ मत पाए । यस्तै, उपाध्यक्षमा एमालेकी सरिता खड्का ४ हजार ५६७ मतसहित निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बेगम बहादुर चन्द बोहोराले ४ हजार २११ मत पाए । पालिकाका ७ वटा वडामध्ये २ र ५ मा एमालेको प्यानल र अन्य वडामा गठबन्धनको प्यानलले विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण