मुगुको मुगम कार्मारोङको अध्यक्षमा छिरिङ क्याप्ने लामा दोहोरिए
सोमबार, ०२ जेठ २०७९, १८ : ५५
हिमाली जिल्ला मुगुको मुगम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छिरिङ क्याप्ने लामा पुनः विजयी भएका छन् । उनी एक हजार ५७१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सोनाम छिरिङ लामाले एक हजार ४८१ मत ल्याए । अध्यक्षमा निर्वाचित लामा २०७४ सालको निर्वाचनमा पनि विजयी भएका थिए ।
मुगम कार्मारोङमा एमाले र काँग्रेसबीच गठबन्धन थियो । उपाध्यक्षमा भने नेकपा एमालेका छिरिङ पुटी लामा निर्वाचिन भएका छन् । उनले एक हजार ५१६ मत ल्याए ।
उपाध्यक्षमा माओवादीका उम्मेदवार गुरु श्याङ्ग्याप लामा एक हजार ३८५ मत ल्याएर पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा एकतिहाइ मात्र मल आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
-
मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण