पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते
जिल्लाको बागलुङ नगरपालिका-१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८ सय १ मत ल्याए।
गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले जम्मा १७८ मत ल्याएका छन् । मत परिणाम हेर्दा यहाँ गठबन्धनका अन्य दलहरूले गठबन्धनका उम्मेदवारलाई मत नहाली स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्मालाई मत हालेको अनुमान लगाउन सकिन्छ।
बागलुङमा पाँच दलीय गठबन्धन गर्दा भागबन्डामा अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेको थियो। अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेपछि त्यहाँ स्थानीय कांग्रेस कार्यकर्ताले वडा पार्टी सभापतिसमेत रहेका शर्मालाई अध्यक्षको रूपमा अगाडि सारेर स्वतन्त्र उम्मेदवारीको प्यानल नै दर्ता गरेका थिए। कांग्रेसको सिंगो वडा समितिले नै निर्णय गरेर आफू वडाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेको भन्दै चर्को दबाबका बीच पनि शर्माले उम्मेदवारी फिर्ता गरेनन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा
-
ललितपुरमा युवतिमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी
-
कर्णाली नदीमा भेटिए दुई शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का
-
रास्वपामा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित
-
लुम्बिनी प्रदेश सभामा बजेटमाथि समूहगत छलफल, चार मन्त्रालयको शीर्षकमाथि बहस सकियो
-
सरकारको १०० दिन ‘अवसर गुमेको दिन’ : नेविसंघ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण