काँग्रेसको गढ चिङ्गाडमा एमाले विजयी
सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित भएका छन् । नेपाली काँग्रेसको गढ मानिएको यो पालिकामा जिसीले काँग्रेसका डोरप्रसाद शर्मालाई पराजित गरेका हुन् ।
जिसीले तीन हजार ५९१ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी शर्माले तीन हजार ५३० मत प्राप्त गरे । माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको थिएन । उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । काँग्रेसकी मनमाया आचार्यलाई पराजित गर्दै एमाले उम्मेदवार मिनाकुमारी रोकाय उपाध्यक्षमा निर्वाचित भइन् । विजयी रोकायले तीन हजार ५८१ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी आचार्यले तीन हजार ४६९ मत प्राप्त गरिन् । छ वडा रहेको यो पालिकामा तीन वडामा काँग्रेस र तीन वडामा एमाले विजयी भएको छ ।
अध्यक्षका विजेता जिसी २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । अघिल्लो निर्वाचनमा काँग्रेसका देवबहादुर चन्द २९४९ मत ल्याएर विजयी हुँदा एमालेका बखतबहादुर खत्री २३८५ मत ल्याएर दोस्रो भएका थिए । उक्त निर्वाचनमा जिसी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा चुनावी मैदानमा थिए । उनले १७२१ मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण