‘ब्यालेट बक्स’मा लौरो
स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भन्दा बढी मत बालेन्द्र साहलाई आइरहेको छ ।
यो क्रम बुधबारसम्म निरन्तर जारी छ । पाँच वर्षअघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने रणनीति बनाएर अघि बढेका बालेन ‘ब्यालेट बक्स’मा मतदाताको मत लिन सफल भए । युवादेखि वृद्धसम्मले उनलाई मत दिनुमा विशेषगरी राजनीतिक दलका नेतृत्वले मेयरमा उठाएका उम्मेदवारका कारण पनि हो । बालेनले पाएको मतले अहिले राजनीतिक दलका नेता सोच्न बाध्य छन् ।
कांग्रेस र एमालेका नेताले बालेनको पाएको मतलाई स्वाभाविक रूपमा समेत लिएका छन् । बालेनका मतको विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरूको मतको सम्मान गर्नुपर्ने बताएका छन् भने एमाले सचिव योगेश भट्टराईले उम्मेदवार चयनमा पार्टी चुकेको टिप्पणी गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण