दुई दिन बिदा लागू गर्न समस्या
सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन गर्न नसक्ने जनाउँदै केही सरकारी निकायले आइतबार बिदा नदिने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा दिन नसक्ने निर्णय गरेको छ । वर्षे बिदाका कारण त्रिविको पढाइ अहिले बन्द छ । त्रिविमा आबद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई स्थानीय तहको निर्वाचमा खटिन सहज हुने गरी त्रिविले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म आङ्गिक क्याम्पसहरूमा वर्षे बिदा दिएको छ । विश्वविद्यालयमा कोरोना असरका कारण पठनपाठन ढिलो भएको, परीक्षा र पढाइका कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको तथा विश्वविद्यालयले तयार पारेको शैक्षिक पात्रो सातामा छ कार्य दिनलाई ध्यानमा राखेर तयार पारिएको हुनाले आइतबार बिदा दिन नसकिने त्रिविले जनाएको छ । बूढानीलकण्ठ नगरपालिकाले पनि आइतबार बिदा नदिने निर्णय गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण