रुपन्देहीको सियारीमा काँग्रेस विजयी
बिहीबार, ०५ जेठ २०७९, २१ : १२
रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेसले प्रमुख र उप प्रमुख दुवैमा विजयी भएको छ । प्रमुखमा काँग्रेस उम्मेदवार थानेश्‍वर घिमिरे १० हजार ४५ मत ल्याएर विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अयोध्या थारुलाई २ हजार ७ सय ७७ मतान्तरले पराजित गरेका हुन् । पराजित अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा काँग्रेसका उम्मेदवार तारा थारु ८ हजार ९ सय ९० मतसहित विजयी भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अमृता गुरुङले ७ हजार २ सय ६९ मत ल्याएकी छन् । यसअघि यो गाउँपालिकामा एमालेले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण