बसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा
नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई बताए ।
वैशाख २३ मा बढुवा समितिले डीआईजी बसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।
वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको छ । सशस्त्रमा एआईजीको दुईवटा पद खाली भएपनि समितिले पौडेललाई मात्रै सिफारिस गरेको थियो ।
सशस्त्रमा वैशाख १९ बाट अर्को एउटा एआईजीको पद रिक्त छ । एआईजी बढुवाको प्रतिस्पर्धामा पौडेलसँगै सिपी गौतम, वंशीराज दाहाल र किशोर प्रधान थिए । एआईजीमा बढुवा भएसँगै पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब २ वर्ष आईजीपी हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण