बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु

शुक्रबार, ०६ जेठ २०७९, १२ : ४५
शुक्रबार, ०६ जेठ २०७९

दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा हिजो बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ८६७९ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे सोही दिशातर्फ जाँदै गरेको रा १ ख ११२३ नम्बरको टिपरलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको रा १ क ५६५ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सल्यानको कपुरकोट गाउँपालिका–३ का २० वर्षीय आकाश सेनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार दाङको तुलसीपुरका २१ वर्षीय उत्तम केसीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै टिपर सहित चालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप