पाल्पाको रम्भामा आज मतगणना गरिने
पाल्पाको रम्भा गाउँपालिकामा रोकिएको मतगणना कार्य आजदेखि सुरु हुने भएको छ । वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो ।
निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको हो । बुधबार आयोगले पत्र पठाएर मतगणना गर्न निर्देशन दिएपछि बिहीबार कर्मचारी व्यवस्थापन गरेर शुक्रबार मतगणना गरिने भएको हो ।
कर्मचारीको व्यवस्थापन भइसकेको छ भने अब दलका प्रतिनिधि उपस्थित भएपछि मतगणना गरिने तयारी भइरहेको रम्भाका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए । मतगणना सकिएर जोड्ने क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको थियो । यहाँ एक हजार ९२२ मत खसेको थियो ।
सत्तारुढ गठबन्धनका विभिन्न दलले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनःमतदानको माग गरेका छन् ।मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण