रुपन्देहीको गैडहवा गाउँपालिकामा एमाले विजयी
रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४ हजार ३८८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार माधुरी जैसबाल ४,७५७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार मन्जु न्यौपानेले ४,६५९ मत ल्याएकी छन् ।
९ वटा वडा रहेको गैडहवामा वडा नम्बर एक बाट एमालेका प्रदीप कुमार चौधरी ९ सय १ मतले निर्वाचित भएका छन् । यस्तै वडा नम्बर २ मा जनमत पार्टीका सराजुद्दीन धुनिया ५ सय ७८, वडा नम्बर ३ मा स्वतन्त्रबाट ५ सय १० मत ल्याई राम अजोर यादव निर्वाचित भएका छन् ।
वडा नम्बर ४ बाट नेपाली काँग्रेसका सुरेन्द्र सिंह कुर्मी ५ सय ५५ मतले, वडा नम्बर ५ बाट नेपाली काँग्रेसकै विजय कुमार शर्मा ८ सय ६४ मतले, बडा नम्बर ६ बाट नेपाली काँग्रेसकै राज कुमार लोध ५ सय ८९ मतले, वडा नम्बर ७बाट जनमतका लाल बहादुर केवट ७ सय १ मतले , वडा नम्बर ८ बाट नेकपा एमालेका भुवन बहादुर राना मगर ८ सय ६९ मतले र वडा नम्बर ९ मा नेकपा एमालेकै मिना क्षेत्री ५ सय ९६ मतले निर्वाचित भएका छन् । ३० हजार ३ सय ५१ मतदाता रहेको गैडहवामा २३ हजार ६ सय ६२ मतदाताले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण