निर्वाचनमा फूलमाला बिक्री बढ्यो
रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गरेका छन् । एक हप्तामा उनले रु एक लाख बराबरको सयपत्री फूल बिक्री गरे । अहिले उनको बगैँचामा पहेँलपुर सयपत्री फूल फूलेका छन् । वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गरेका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइनभ्याइ भएको बताए ।
उनी भन्छन्, “निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यस पटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ, समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ, अझै पनि फूलमालाको माग आइरहेको छ ।” यसभन्दा अघि पनि फूलखेती थापा अहिले नसोचेको व्यापार हुँदा दङ्ग छन् । निर्वाचनलाई मात्रै केन्द्रित गरेको हुँदा उनले यस पटक एक रोपनीमा खेती गरेका हुन् ।
“छोटो समयमा धेरै व्यापार गर्न सफल भएको छु, कतिपयलाई माला गाँस्न नभ्याएर फूलमात्रै पनि बिक्री गर्ने गरेको छु, यतिबेला फूल टिप्ने माला तयार पार्ने र बिक्री गर्दैमा दैनिकी बितेको छ”, उनले भने । अहिलेसम्म रु एक लाखको व्यापार गरेका थापाको बगैँचामा अझै सो मूल्य बराबरको फूल रहेको छ । पाल्पा, स्याङ्जा, तनहुँलगायतका विभिन्न स्थानबाट फूलमाला खरिद गर्न ग्राहक आएको उनले बताए । प्रतिकिलो रु ५०० र प्रतिमाला रु १५० मा धमाधम बिक्री भइरहेको छ । अघिल्ला वर्षको निर्वाचनमा खादाको प्रयोग गरेका यहाँका नागरिक अहिले मालाको प्रयोगमा आकर्षित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण