बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा ६ पालिका प्रमुखको शपथ

सोमबार, ०९ जेठ २०७९, ११ : ४५
सोमबार, ०९ जेठ २०७९

रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । सोमबार ६ पालिकाका प्रमुख तथा अध्यक्षहरूले भैरहवामा शपथ लिएका हुन् ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका,सम्मरीमाई गाउँपालिका र गैंडहवा गाउँपालिकामा नवनिर्वाचित प्रमुख/अध्यक्षहरूलाई भैरहवाको बालमन्दिरमा आयोजित एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले  सपथग्रहण गराए । 

महाराले  बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, सैनामैना नगर प्रमुख फणीन्द्र शर्मा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्विन खान, मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरई, सम्मरीमाई गाउँपालिका प्रमुख विनोदकुमार श्रीवास्तव र गैडहवा गाउँपालिका प्रमुख सुरेन्द्र पौडेललाई शपथ ग्रहण  गराएका हुन् । उनले  निर्वाचनमा देखाएको ऊर्जा काममा लगाउन आग्रह गरे । यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनता सबैभन्दा ठुला भएकोले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह  गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप