मिस एण्ड मिस्टर सुप्रन्यासनलले देखाए ट्यालेन्ट
सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ को अन्तिम स्पर्धा जेष्ठ १५ गते होटल सोल्टीमा एक समारोहका बीच आयोजना हुँदैछ । प्रारम्भिक चरणबाट छानिएका अन्तिम २० प्रतियोगी फाइनलमा शीर्ष उपाधिका लागि भिड्दैछन् ।
प्रतियोगिताको आइतबार राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा ट्यालेन्ट राउण्डमा आयोजना भयो । सो अवसरमा सबै प्रतियोगिताले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, पेन्टिङलगायत विषयमा आ–आफ्नो प्रतिभा देखाए । अभिनेता पुष्प खड्का, लेखक तथा निर्देशक राज शाह, पेन्टर चिराग, गायिका सोना अमात्य, मिष्टर नेपाल सन्तोष उपाध्याय,लेखक,जयदेव गौडेल निर्णायक रहेको ट्यालेन्ट राउन्डका उत्कृष्ट प्रतियोगीले फाइनलमा ‘ट्यालेन्ट उपाधि’ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा युवतीतर्फ सागारिका खड्का, रञ्जिता ढकाल, दृष्टि थापा, नविना बाँनिया, प्रतिभा न्यौपाने, अदीति अधिकारी, आयुषा चापागाई, कसु खड्का, प्रनिता श्रेष्ठ, एरी तुलाधर र युवक तर्फ प्रेमचन्द्र मण्डल, मानस कुमार राई, दीपेन्द्र शर्मा, रुपेश महत्तो, श्रीजन भट्टराई, सञ्जय तिमिल्सेना, सनिस श्रेष्ठ, सन्दीपकुमार शाह, सुमन सुनार, अनिस कार्की प्रतियोगी रहेका छन् ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिस्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्याण्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना सुरु गरेका हुन् । उपाध्याय मिष्टर नेपाल विजेता बनेपछि ‘मिस्टर सुप्रन्यासनल’ मा सहभागी भएका थिए ।
‘मिस सुप्रान्यास्नल’ पनि महिलाहरुको विश्व प्रसिद्ध प्रतियोगितामध्ये शीर्ष ३ भित्र पर्ने गरेको छ । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्याण्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताभन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने दाबी गरिएको प्रतियोगिता युवा युवतीको प्रतिभा निखार्दै उज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले आयोजना आयोजक थलिएको सन्तोष उपाध्यायले बताए ।
प्रतियोगी अहिले अन्तिम स्पर्धाका लागि पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी विभिन्न प्रशिक्षणसहित लिइरहेका छन् । ४ एपिसोडको रुपमा इमेज टेलिभिजनबाट समेत प्रतियोगिता प्रसारण हुनेछ । प्रतियोगिताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा कृयटिभ डिरेक्टर आन्द्रे स्लेइ पनि नेपाल आउनेछन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण