फिल्म ‘रुद्र’ की निर्माता कल्पना कटुवाल मेयरमा विजयी
सोमबार, ०९ जेठ २०७९, १४ : १४
फिल्म निर्माता कल्पना कुमारी कटुवाल मेयरमा विजयी भएकी छन् । सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा एमालेको तर्फबाट उम्मेदवार बनेकी उनी १२ हजार २ सय ७३ मतका साथ विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार देवानन्द महतोले ६ हजार ६ सय ६६ मत पाएका छन् । मेयरमा विजय भएकी कल्पनाले फिल्म ‘रुद्र’ को निर्माण गरेकी छन् ।
यसै फिल्मबाट उनका छोरा विश्व शर्माले समेत अभिनेताको रुपमा डेब्यू गरेका थिए । ‘रुद्र’ ले व्यापारिक सफलता भने हात पार्न सकेन । अभिनेता निखिल उप्रेती पनि सल्लाहीकै स्थायी बासिन्दा हुन् । फिल्म ‘रुन्द्र’ मा निखिल उप्रेती, सारा सिर्पाली लगायतको अभिनय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण